सरकारले हलिया मुक्त घोषण गरेको १२ बर्ष पुगेपनि हलियाको दैनिकी उस्तै
२२ भदौ बाजुरा
नेपाल सरकाले मध्य तथा सूदूर पश्चिमका पहाडी जिल्लामा कुप्रथाको रुपमा रहेको हलिया प्रथा उन्मुलन गरेको हिजो १२ बर्षपूरा भएको छ । बाजुरा लगायतका जिल्लाहरुमा हलियाको जीवनमा भने कुनै परिवर्तन नआएको उनीहरूको गुनासो छ ।
मुक्त घोषण गरेपछि सरकारले पुर्नस्थापनाका कार्यक्रमहरू सञ्चालन गरेपनि हलियाहरुको जिविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउन नसक्दा उनीहरूको दैनिकी पुरानै अवस्थामा रहेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्कीले बताउनुभयो । हलिया मुक्ति दिवसको अवसरमा जिल्ला हलिया मुक्ति समाज बाजुराले सात बुँदे माग सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पठाइएको ज्ञापनपत्रमा हलियाको पुर्नस्थापनाका लागि तीन तहको सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने, हलिया परिवारलाई वित्तिय सहजताका लागि बिषेश नीति अपनाउन माग गरेको छ । हलिया पहिरवारमा खाद्यान्न संकट ब्यवस्थापन, बधुवा श्रम निषेध मस्यौदा पारित गरिएको छ ।
बाजुरा जिल्लामा १ हजार ६ सय ४४ परिवार हलिया रहेकामा १ हजार चार सय ९१ परिवार मात्र पुनस्र्थापना कार्यक्रममा समावेश भएका छन् ।
प्रतिक्रिया