बिहीबार, असार १०, २०७८

बाघको छाला र हड्डी सहित पक्राउ

ज्योतिन्यूज २०७७ भदौ २२ गते १४:३०

बझाङ, २२ भदौ – बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् । सुदुर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया