सोमबार, फागुन २४, २०७७

काठमाण्डौमा भेटिए ३२६ जना नया संक्रमित

ज्योतिन्यूज २०७७ भदौ २२ गते १६:४१

काठमाण्डौ । वितेको २४ घण्टामा काठमाण्डौका तीन जिल्लामा ३२६ जनामा कोरोना पुष्टि भएको छ । उक्त संख्या मध्ये काठमाण्डौका २९३, ललितपुरमा २० जना तथा भक्तपुरमा १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभर ९७९ जना नया संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४७ हजार २३६ पुगेको छ ।

त्यसैगरी गएको २४ घण्टामा १७३६ जना निको भएका छन् । यो सँगै ३० हजार ६ सय ७७ बढी संक्रमितहरु निको भइ घर गएका छन् । गत २४ घण्टामा ९२१८ परिक्षण गरिएको छ । हालसम्म नेपालमा पिसिआर परिक्षण ७ लाख ७७ हजार ५६३ भएको छ । त्यसैगरी देशभर ४ हजार ७३९ जना क्वारेन्टीनमा रहेका छन् । हाल देशभर १६ हजार २५९ संक्रिय संक्रमित रहेका छन् ।
१७१ जना आइसियुमा उपचार गराइरहेका छन् भने २० जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी सोमबार ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाबाट मृृत्यु हुनेहरुको संख्या ३ सय पुगेको छ ।

प्रतिक्रिया