बिहीबार, वैशाख ३०, २०७८

जापानमा आँधी : प्रभावित ११ लाख स्थानान्तरण गरिने

ज्योतिन्यूज २०७७ भदौ २२ गते १८:१९

टोकियो, २२ भदौ  !

जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ । देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न सोमबार निर्देशन दिइएको हो । उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशुलगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ । आँधीका कारण अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको र पाँच लाख घरपरिवार प्रभावित भएका छन् । उनीहरुको घरमा अहिले विद्यूत, सञ्चारलगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ

प्रतिक्रिया