आइतबार, साउन १७, २०७८

काठमाडौमा ३९६ जनामा कोरोना पुष्टि

ज्योतिन्यूज २०७७ भदौ २३ गते १६:३३

काठमाडौँ । मंगलबार काठमाडौँ उपत्यकामा ३९६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ जिल्लामा ३ सय जना, भक्तपुरमा ५८ जना तथा ललितपुरमा ३८ जना संक्रमित फेला परेका हुन् । यसैगरी देशभर ९०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै ४८ हजार १३८ जना संक्रमित भएका छन् । आजको पिसिआर १० हजार ६ सय ११ रहेको थियो ।

यसैबिच नेपालमा पछिल्लो समय निको हुने दर बढ्दै गएको छ । आज मात्रै २२८७ जना निको भएका छन् । यो सँगै ३२ हजार ९६४ जना डिस्चार्ज भइ घर गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल नेपालमा निको हुने दर ६८ प्रतिशत रहेको छ । हाल देशभर ५३१० जना क्वारेन्टीनमा रहेका छन् । त्यसेैगरी १४ हजार ८६८ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया