शनिबार, मंसिर १८, २०७८

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

ज्योतिन्यूज २०७७ भदौ २३ गते १७:५१

चितवन, २३ भदौ

भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय रोम बहादुर कोईराला लगायत १६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया