शनिबार, असोज ९, २०७८

प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा पक्राउ   

ज्योतिन्यूज २०७७ भदौ २३ गते १८:२३

सप्तरी, २३ भदौ

सुरूङगा नगरपालिका-४ कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा खडक नगरपालिका-५ रंजितपुर बस्ने ३० वर्षीय अर्जुन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले ज.११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकोले सम्झाई बुझाई गर्दा प्रहरीले आमनागरिकलाई रोकी अनावश्यक रूपमा दु:ख दिने गरेको भनी विभिन्न किसिमको गालीगलौज गर्नुका साथै प्रहरीलाई हातपात समेत गरेपश्चात मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो । साह नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया