बिहीबार, वैशाख ३०, २०७८

भारत–चीन तनाबःभारतको आरोप चीनद्वारा खण्डन

ज्योतिन्यूज २०७७ भदौ २३ गते २१:५६

चीनको विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखामा सोमबार भारतीय सैनिकले नै पहिले गोली चलाएको स्पष्ट पारेको छ ।

भारतीय सेना गैर कानूनी ढङ्गले वास्तविक नियन्त्रण रेखा पार गरेर अगाडि बढिरहेको थियो । त्यो देखेपछि अर्कोतर्फ सीमा सुरक्षामा खरिटएको चीनको जनमुक्ति सेना उनीहरुलाई नियन्त्रण रेखा पार गरेर अगाडि नबढ्न अनुरोध गर्दै उनीहरुसँग सम्बादको लागि अगाडि बढ्दै गर्दा भारतीय सैनिकले चेतावनी स्वरुप गोली चलाउन शुरु ग¥यो ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताले भने– “सन् १९७५ पछि पहिलो पटक हो यो सीमामा गोली चलेको ।”  चीनले सीमा समस्या शान्तिपूर्ण तरिकाले समाधानका लागि भारतसँग कुटनीतिक र सैन्य दुबै किसिमले सम्पर्क गरिरहेको र सम्बादबाटै यो समस्या समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

 

 

प्रतिक्रिया