बुधबार, मंसिर २२, २०७८

केही दिन देखी ओरालो लागेको सुनको मूल्य आज बढ्यो

ज्योतिन्यूज २०७७ भदौ २४ गते १२:१८

२४ भदौ, काठमाडौँ । पछिल्लो केहि दिनदेखि घटेको सुनको मूल्य फेरि बढेको छ । मंगलबार ३ सय रुपैयाले घटेको सुनको मूल्य बुधबार भने तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि बुधबार तोलामा पाँच रुपैयाँले बढेको छ । मंगलबार तोलामा १० रुपैयाँले घटेको चाँदी यस दिन पुन ः पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको हो । सुनको मूल्यमा घटबढ भइरहेपनि निषेधाज्ञा तथा महामारीको कारण कारोबार भने ठप्प जस्तै छ ।

प्रतिक्रिया