आइतबार, फागुन १६, २०७७

काठमाडौँमा एकैदिन भेटिए ४६४ संक्रमित

ज्योतिन्यूज २०७७ भदौ २४ गते १६:३६

काठमाडां, २४ भदौ । बुधबार राजधानीका तीन जिल्लामा ४६४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ३९४, भक्तपुर जिल्लामा ३६ तथा ललितपुरमा ३४ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अ नुसार वितेको २४ घण्टामा नेपालमा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय ६७ जनाको परिक्षण गर्दा सो मात्रामा संक्रमित देखिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा ९१८ जना निको भएका छन् । भने यो सँगै नेपालभर निको हुनेको संख्या ३३ हजार ८८२ रहेको छ । यस्तै गत २४ घण्टामा ६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ३१२ जनाको निधन भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर ५४८० जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा १५ हजार २५ जना रहेका छन् । हाल सम्म देशमा ७ लाख ९९ हजार ३४१ परिक्षण गरिएको छ ।

प्रतिक्रिया