शनिबार, चैत २८, २०७७

मन्त्रिपरिषद्को बैठक शुक्रबारलाई सर्यो

ज्योतिन्यूज २०७७ भदौ २५ गते १४:१४

भदौ २५ काठमाडौं । बिहीबार बस्ने गरी तय भएको मन्त्रिपरिषद्को बैठक शुक्रबारका लागि सरेको छ । समाचार स्रोतहरुका अनुसार आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको थियो । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि थप ४ वर्षका लागि थप गरिने भएको छ । ऊर्जा मन्त्री वर्षमा पुनले बुधबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा समेत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्ति दिइने बताउनुभएको थियो । मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहीबार बिहान आजको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्नेगरी स्थगित अर्को जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया