सोमबार, असोज ११, २०७८

नेपालमा कोरोनाबाट निको हुने दर बढ्दै

ज्योतिन्यूज २०७७ भदौ २५ गते १६:५०

२५ भदौ, काठमाडौँ । नेपालमा केही दिन देखी कोरोना संक्रमित निको हुने दर बढ्दै गइरहेको छ । विहिबार १८ सय १८ जना निको भइ घर गएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३५ हजार ७ सय पुगेको छ ।

वुधबार ९१८ जना निको भएका थिए भने मंगलबार २ हजहार २८७ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार १७६६ जना निको भएका थिए । यता काठमाडौमा भने संक्रमित दैनिक रुपमा बढीरहेका छन् । उपत्यकामा हालसम्मकै धेरै कोरोनाका बिरामीहरु भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार र काठमाडौँ जिल्लामा मात्रै ४९५ जना, ललितपुरमा ४३ जना तथा भक्तपुरमा ३४ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

राजधानीका तीन जिल्लामा गरी उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । विहिबार ५ जनाको निधन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृत्युहुनेहरुको संख्या ३१७ पुगेको छ ।

हाल देशभर ८ लाख १० हजार ४८५ परिक्षण गरिएको छ । देशभर ५८०६ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया