शुक्रबार, वैशाख १०, २०७८

एक जिल्लाबाट अर्काे जिल्लामा जाँदा सरकारको यस्तो नियम

ज्योतिन्यूज २०७७ भदौ २५ गते १७:४३

२५ भदौ, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ठाँउबाट अर्को ठाँउमा जाँदा अनिवार्य रुपमा क्वारेन्टीन बस्नुपर्ने नियम बनाएको छ । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने ब्यक्ति अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।

क्वारेन्टीनमा बस्दै गर्दा १४ दिन सम्म कुनै लक्षण नदेखिएमा परिक्षण आवश्यक नपर्ने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको उनले बताए ।

यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ । विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

प्रतिक्रिया