शुक्रबार, वैशाख ३१, २०७८

बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

ज्योतिन्यूज २०७७ भदौ २६ गते १०:३३

२६ भदौ, सिरहा ।
सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया