शनिबार, वैशाख ४, २०७८

अमेरिकी चुनाव : रसिया, चीन र इरानका ह्याकरहरू सल्बलाए

ज्योतिन्यूज २०७७ भदौ २६ गते २०:४८

एजेन्सी  ।

रूस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरूले अमेरिकी राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूहहरूको बारेमा जासुसी गर्न खोजिरहेको युएस टेक कम्पनी माइक्रोसफ्टले दावी गरेको छ ।

कम्पनीका अनुसार २०१६ को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको अभियानलाई प्रभाव पार्न जो व्यक्तिहरू सक्रिय थिए उनै  व्यक्तिहरू नै यसपटक पनि सक्रियभएका छन् ।

“यो स्पष्ट छ कि विदेशी समूहले यो चुनाव लक्षित गरेर आफ्नो गतिविधि बढाएको छ,” माइक्रोसफ्टले भनेको छ ।दुबै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बिडन दुबैका चुनावी अभियान ह्याकरहरूको नजरमा छन् ।

माइक्रोसफ्ट के भन्छ  ?

माइक्रोसफ्ट कम्पनीले एक विज्ञप्ति जारी गरी भनेको छ कि–स्ट्रान्टियम समूहका रूसी ह्याकरहरूले रिपब्लिकन र डेमोक्र्याटसँग जोडिएका २०० भन्दा बढी संगठनलाई लक्षित गरेका छन् ।

स्ट्रान्टियम समूहलाई फेन्सी बियर भनेर पनि चिनिन्छ । यो एक साइबर हमला इकाई हो जुन कथित रूसी सेनाको गुप्तचर एजेन्सी GRU सँग जोडिएको छ ।माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले भनेका छन्, “हामीले 2016 मा देखेको जस्तै मल्दाजुल्दा स्ट्रान्टियमले मानिसहरूको लग-इन रेकर्डहरूसम्म पहुँच पुर्याउन वा तिनीहरूको खाताहरू ह्याक गर्न एउटा नै अभियान सुरू गरेको छ । अनुमानका अनुसार उनीहरूको बारेमा खुफिया जानकारी संकलन गर्न वा तिनीहरूको अनलाइन कार्यहरूमा अवरोध पुर्‍याउन ।”

कम्पनीका अनुसार चिनियाँ ह्याकरहरूले बिडेनको चुनावी अभियानसँग सम्बद्ध व्यक्तिहरूलाई व्यक्तिगत रूपमा लक्षित गर्न थालेका छन् भने ईरानी ह्याकरहरूले ट्रम्प अभियानसँग सम्बन्धित व्यक्तिलाई निशाना बनाइरहेका छन् ।

यद्पि माइक्रोसफ्ट कम्पनीले दावी गरेको छ कि धेरैजसो साइबर आक्रमण अहिलेसम्म सफल भएका छैनन् । कम्पनीका अनुसार, ह्याकरहरूले अहिलेसम्म मतदान अधिकारीहरूलाई लक्षित गरेका छैनन् ।

कम्पनी भन्छ, “यस प्रकारका गतिविधिहरूले यस कुरालार्इ दर्साउछ कि राजनीतिक प्रक्रियामा संलग्न व्यक्तिहरू र संस्थाहरूको लागि यो महत्त्वपूर्ण छ कि चुनावको दिन नजिक आइपुगेपछि उनीहरूले निःशुल्क र कम लागतमा प्राप्त हुने सुरक्षा कबजबाट फाइदा उठाउन् । “

माइक्रोसफ्टका अनुसार चिनियाँ ह्याकरहरूले बिडेनको प्रचारसँग सम्बन्धित व्यक्तिहरूको व्यक्तिगत ई-मेल खाता र ट्रम्प प्रशासनसँग सम्बन्धित एक पूर्व प्रमुख अधिकारीको खातालाई निशाना बनाएका छन् ।

जिरकोनियम भनेर चिनिने चिनियाँ ह्याकर्सको समूहले अन्तर्राष्ट्रिय मुद्दाहरू, शैक्षिक संस्था र नीति निर्माण गर्ने संस्थासँग सम्बन्धित प्रमुख व्यक्तिलाई पनि लक्षित गरेको छ ।

फोस्फरस भनेर चिनिने ईरानी ह्याकरहरूको समूहले मे र जुनको  बीचमा व्हाइट हाउसका केही अधिकारीहरू र ट्रम्पका अभियान अधिकारीहरूको खातामा पहुँच पुर्याउन खोजेको थियो, तर सफल हुन सकेन ।

माइक्रोसफ्टले अझै निष्चित गर्न सकेको छैन कि रुसी, चिनियाँ र ईरानी ह्याकर्सको लक्ष्य के हो ?

गुगल कम्पनीले जुनमा भनेको थियो कि चीन र इरानसँग सम्बन्धीत व्यक्तिहरुबाट यस्तै साइबर हमलाको बारेमा थाहा पाइसकेको थियो ।

ट्रम्प अभियानका लागि प्रेस सचिव म्याकडोनाल्डले भनेका छन्, “हामी ठूलो निशानामा छौं । त्यसैले हाम्रो चुनाव प्रचार वा हाम्रा कर्मचारीलाई लक्षित गर्ने द्वेषपूर्ण गतिविधिले हामीलाई अचम्मित पार्दैन।”

जो बिडेनको चुनाव अभियानसँग सम्बन्धित एक अधिकारीले भने, “हामीलाई हाम्रो चुनाव अभियानको शुरूदेखि नै थाहा छ कि हामीमाथि त्यस्तो आक्रमण हुनेछ र हामी यसका लागि तयार छौं।”

यस माइक्रोसफ्ट रिपोर्टको ठीक एक दिन अगाडि एक अमेरिकी होमल्याण्ड सुरक्षा अधिकारीले भनेका थिए कि अमेरिकामा रूसी हस्तक्षेप कम गर्न उनीमाथि दबाब आएको छ किनकि यसले राष्ट्रपतिको छविलाई बिगार्ने गरेको छ ।

ट्रम्प प्रशासनको प्रतिक्रिया ?

होमल्याण्ड सुरक्षा विभागका शीर्ष साइबर अफिसर क्रिस्टोफर क्रेब्सले भने कि माइक्रोसफ्टको चेतावनीले अमेरिकी गुप्तचरले भनेका कुराको पुष्टि गर्यो ।

उनले भने, “यो कुरा प्रकाश पार्नु अत्यन्तै महत्त्वपूर्ण छ कि लक्षित व्यक्तिहरु मध्ये कुनै पनि चुनाव प्रक्रियामा संलग्न छैनन र यसले मतदान प्रक्रियामा कुनै असर गरेको छैन ।”बिहीबार, ट्रम्प प्रशासनले एक अमेरिकी रूसी नागरिकलाई उनले अमेरिकी निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने योजना बनाइरहेको आरोप लगाएको छ ।

अमेरिकी वित्त विभागले रूससँग सम्बद्ध युक्रेनका सांसद आन्द्रे डुरकाचलाई प्रतिबन्ध लगाएको छ । उनलार्इ पनि त्यस्तै आरोप लगाइएको छ । डुरकाचले गत वर्ष डिसेम्बरमा अमेरिकी राष्ट्रपतिका निजी वकील रुडी जुलियानीसँग भेट गरेका थिए ।

अमेरिकी गुप्तचर विभागले के भन्छ?

अमेरिकी गुप्तचर विभागले अगस्टमा भनेको थियो कि चीन, रसिया र इरानले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सक्रियतापूर्वक प्रयास गरिरहेका छन् ।गुप्तचर विभागले यो थाहा पाएको थियो कि रूसले बिडेनको छवि बिगार्न कोसिस गरिरहेको छ । गुप्तचरका अनुसार, चीन र इरानले ट्रम्पको चुनाव हराउन चाहेका थिए ।अमेरिकी गुप्तचर विभागले चेतावनी दिएको थियो कि इरानले अमेरिकी प्रजातान्त्रिक संस्था र राष्ट्रपतिलाई अनलाइन अभियान मार्फत हानि पुर्‍याउन सक्छ ।

२०१६ मा के भएको थियो ?

अमेरिकी गुप्तचर एजेन्सीहरूले २०१६ मा भनेका थिए कि राष्ट्रपति हिलारी क्लिन्टनको राष्ट्रपति चुनावी अभियानलाई क्षति पुर्‍याउन गरेको प्रयासमा रूस अप्रत्यक्ष रूपमा लागेको थियो । गुप्तचर एजेन्सीका अनुसार रसियाले आधिकारिक रूपमा साइबर हमला गराएको थियो र सोशल मीडियामा हिलारी क्लिन्टनको बिरूद्ध नक्कली खबरहरू वायरल गरिएको थियो ।

रोबर्ट मुलरले आफ्नो अनुसन्धानले पत्ता लगाएका छन् कि रूसी ह्याकरहरूले डेमोक्र्याटिक नेश्नल कमेटी जोन पोडेस्टा र प्रचार अभियान प्रमुख हिलारी क्लिन्टनको व्यक्तिगत ईमेलहरू ह्याक गरेका थिए ।उनीहरूले हजारौं ईमेल लीक गरिदिएका थिए ।

पछि, फेसबुकले पनि २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुस-समर्थित सामग्री फेसबुकको माध्यमबाट १२ करोड ६० लाख अमेरिकीहरूसम्म पुगेको स्वीकार गरेको थियो ।तर मुलरले ट्रम्पको चुनाव अभियानमा रूसी हस्तक्षेपको कुनै सम्बन्ध थियो भन्ने कुरा प्रमाणित गर्न सकेनन् ।

 

 

प्रतिक्रिया