बुधबार, साउन २०, २०७८

तेह्र वर्षीया बालिका बलात्कारी पक्राउ

ज्योतिन्यूज २०७७ भदौ २६ गते २२:०८

धादिङ, २६ भदौ ।
जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिनुभयो । बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रतिक्रिया