आइतबार, फागुन १६, २०७७

आइतवार १०३९ जना संक्रमित थपिए

ज्योतिन्यूज २०७७ भदौ २८ गते १६:२७

२८ भदौ, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा १०३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार देशभर आज थपिएको यो संख्या सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।

त्यसैगरी आइतवार ११७३ जना निको भएसँगै हालसम्म निको हुनेहरुको संख्या ३८ हजार ६९७ पुगेको छ । त्यस्तै ९ जनाको निधन हुँदा जम्मा निधन हुनेहरुको संख्या ३४५ पुगेकोा स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । हाल देशभर ६५३६ जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा बस्नेहरुको संख्या १५ हजार ११७ जना रहेका छन् । अहिलेसम्मको परिक्षण संख्या ८ लाख ४० हजार ५२७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया