बुधबार, वैशाख २९, २०७८

काठमाडौँमा भेटिए ५९७ संक्रमित

ज्योतिन्यूज २०७७ भदौ २८ गते १६:३४

२८ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतवार ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ४८३, भक्तपुरमा ८१ ज्ना तथा ललितपुरमा ३३ जनामा कोरोना पोजेछिभ देखिएको हो । यसैगरी नेपालमा वितेको २४ घण्टामा १०३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमन्त्रालयका अनुसार देशभर आज थपिएको यो संख्या सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ । त्यसैगरी आइतवार ११७३ जना निको भएसँगै हालसम्म निको हुनेहरुको संख्या ३८ हजार ६९७ पुगेको छ । त्यस्तै ९ जनाको निधन हुँदा जम्मा निधन हुनेहरुको संख्या ३४५ पुगेकोा स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । हाल देशभर ६५३६ जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा बस्नेहरुको संख्या १५ हजार ११७ जना रहेका छन् । अहिलेसम्मको परिक्षण संख्या ८ लाख ४० हजार ५२७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया