सोमबार, असोज ४, २०७८

भक्तपुरमा १२ जना कोरोना सङ्क्रमित सम्पर्कविहीन

ज्योतिन्यूज २०७७ भदौ २८ गते १९:४१

भक्तपुर ।
भक्तपुरमा आजसम्म १२ जना कोरोना सङ्क्रमित सम्पर्क विहिन भएको खुल्न आएको छ । स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार आजसम्म भक्तपुर तोकिएर आएका १२ जना सङ्क्रमित सम्पर्कमा आएका छैनन् । कतिको सम्पर्क नम्बर गलत रहेको र कसैले जति सम्पर्क गरे पनि स्वास्थ्य कार्यालयको सम्पर्कको ल्याउन नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज भक्तपुरमा ठेगाना भएका सङ्क्रमण पुष्टि भएका दुईजनाको समेत ठेगाना स्पष्ट नखुलेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया