सोमबार, असोज ११, २०७८

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

ज्योतिन्यूज २०७७ भदौ २९ गते ११:३०

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्दा विवादमा तानिएको ओम्नी समुहलाइ सरकारले कालोसूचीमा राखेको छ । ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना प्रकाशित गर्दै एक बर्षको निम्ती ठेक्का पट्टाका काम गर्न नपाउने गरी कारवाही गरेको हो । विशेष गरी विना प्रतिस्पर्धा चिनबाट सामान ल्याउन लागेको र ती सामग्रीहरु पनि निकै महँगो मूल्यमा सम्झौता गर्न लागिएको भन्दै सरकारमाथि सबैको ध्यान तेर्सिएको थियो ।

स्वास्थ्य सामग्री खरिदमा चरम लापरवाही गरेको आरोप ओम्नी समुहलाइ परेको छ । यसलाई कारवाही नगरी पक्षपोषण गरेको आरोप सरकारमाथि रहेको छ । भने कालोसूचीमा राख्न ब्यापक दवाव आएपनि सरकारले यस कुरामा ध्यान नदिएको बताइन्छ । गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्ध गर्ने गरी स्वास्थ्य सेवा विभागले निर्णय गरेको थियो ।

प्रतिक्रिया