आइतबार, फागुन २३, २०७७

सोमबार थपिए ११७० संक्रमित, १५ जनाको निधन

ज्योतिन्यूज २०७७ भदौ २९ गते १६:२८

काठमाडौँ, २९ भदौ ।
सोमबार नेपालमा कोरोनाभाइरसका ११७० संक्रमितहरु फेला परेका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुुसार यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । यसैगरी २४ घण्टामा नेपालमा ८७९ जना निको भइ घर गएसँगै निको हुनेहरुको संख्या ३९ हजार ५७६ पुगेको । त्यसैगरी गत २४ घण्टामा नेपालमा १५ जनाको निधन भएसँगै मृत्यु हुनेहरुको संख्या पनि ३६० पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ हजार ३९३ जना सक्रिय संक्रमितहरु होम तथा संस्थागत आइसोलेसनमा रहेका छन् भने ६८९२ जना क्वारेन्टीनमा रहेका छन् ।

प्रतिक्रिया