सोमबार, असोज ४, २०७८

काठमाडौँमा ५१२ जनामा कोरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ भदौ २९ गते १६:३४

काठमाडौँ, २९ भदौ । सोमबार काठमाडौँ उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ४४० जना, भक्तपूरमा ४३ जना तथा ललितपूरमा २९ जनामा कोरोना संक्रमण देखिएको हो । हिजो काठमाडौँमा करिब ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी गत २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ११७० संक्रमितहरु फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुुसार यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । यसैगरी २४ घण्टामा नेपालमा ८७९ जना निको भइ घर गएसँगै निको हुनेहरुको संख्या ३९ हजार ५७६ पुगेको । त्यसैगरी गत २४ घण्टामा नेपालमा १५ जनाको निधन भएसँगै मृत्यु हुनेहरुको संख्या पनि ३६० पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ हजार ३९३ जना सक्रिय संक्रमितहरु होम तथा संस्थागत आइसोलेसनमा रहेका छन् भने ६८९२ जना क्वारेन्टीनमा रहेका छन् ।

प्रतिक्रिया