सोमबार, असोज ४, २०७८

आजको मौसम पुर्वानुमान

ज्योतिन्यूज २०७७ भदौ ३० गते १०:०२

३० भदौ, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश १ र बागमति प्रदेशका थोरै स्थानहरु र अन्य प्रदेशका एक(दुई स्थानमा वर्षा भइरहेको छ ।

प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया