मंगलबार पनि बढ्यो सूनको भाउ, कति पुग्यो मूल्य ?
ज्योतिन्यूज
२०७७ भदौ ३० गते ११:१३
३० भदौ, काठमाडौँ ।
मंगलबार पनि सूनकोे मूल्य बढेको छ । सोमबार ४ सय रुपैयाले बढेको सुनको मूल्य आज प्रतितोला ६ सयले बढेको हो । फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ४०० रुपैयाँ तोकिएको थियो । भने आइतवार मुल्य घटबढ भएको थिएन ।
त्यसैगरी आज चाँदीको मूल्य पनि २० रुपैयाले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ सोमबार १० रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। यस महिनामा मात्रै सुनको मूल्य ५ हजार भन्दा बढीले घटबढ भएको छ ।
सम्बन्धित
प्रतिक्रिया