आइतबार, फागुन १६, २०७७

नेपाली फुटबल खेलाडी राजेश परियार भारतीय क्लबबाट खेल्ने

ज्योतिन्यूज २०७७ भदौ ३१ गते १५:५५

३१ भदौ, काठमाडौं – नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियार भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।

उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएका हुन् । आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् ।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुनुहुन्छ । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेल्नुभएको थियो ।

परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए ।

प्रतिक्रिया