शनिबार, साउन १६, २०७८

बुधबार थपिए १५३९ संक्रमित

ज्योतिन्यूज २०७७ भदौ ३१ गते १६:२४

काठमाडौँ ।
नेपालमा बुधबार कोरोनाभाइरसका १५ सय ३९ जना संक्रमित थपिएका छन् । जुन हालसम्मकै धेरै दैनिक संक्रमितको संख्या हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १०६८ जना विरामी निको भइ घर गएका छन् । त्यसैगरी बुधबार ८ जनाको निधन भएको छ ।
यो सँगै देशभर संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने निको हुनेहरुरको संख्या ४१ हजार ७०६ पुगेको छ । त्यस्तै निधन हुनेहरुको संख्या ३७९ पुगेको छ । देशभर ७८२० जना क्वारेन्टीनमा बसेका छन् भने आइसोलेसनमा १६ हजार २४२ जना रहेका छन् । अहिलेसम्म ८ लाख ७२ हजार २७४ परिक्षण गरिएको छ ।

प्रतिक्रिया