बिहीबार, असोज ७, २०७८

काठमाडौँका ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज १ गते १७:१३

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया