आइतबार, चैत २९, २०७७

शुक्रबार हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए

ज्योतिन्यूज २०७७ असोज २ गते १९:५०

२ आश्विन काठमाडौँ ।
नेपालमा बितेको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एकै दिन २ हजारभन्दा बढी सङ्क्रमित थपिएको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घण्टामा २ हजार २० सङ्क्रमित थपिएको बताउनुभयो । योसँगै नेपालमा हालसम्मको जम्मा सङ्क्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोनामुक्त भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

कोरोनामुक्त हुनेको हालसम्मको संख्या ४३ हजार ८ सय २० पुगेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया