बुधबार, मंसिर २२, २०७८

आइतवार भेटिए १३२५ संक्रमित, १० जनाको निधन

ज्योतिन्यूज २०७७ असोज ४ गते १६:२५

४ असोज, काठमाडौँ ।आइतवार नेपालमा कोरोना भाइरसका १३२५ जना नया संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन ९६६ जना निको भएका छन् भने १० जनाको निधन भएको पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ भने ४६ हजार २३३ जना निको भएको छन । त्यसैगरी ४११ जनाको निधन भएको छ । हालसम्म नेपालमा ९ लाख १४ हजार २९० नमुना परिक्षण गरिएको छ । त्यस्तै अहिले देशभर ७४५१ जना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ४७८ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा रहनेहरु नै हालका संक्रिय संक्रमितहरु हुन् ।

प्रतिक्रिया