काठमाडौँमा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
ज्योतिन्यूज
२०७७ असोज ४ गते १६:३१
काठमाडौँ । आइतवार काठमाडौँ उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ६०२ जना, भक्तपूरमा १०१ जना तथा ललितपूरमा ६४ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभर कोरोना भाइरसका १३२५ जना नया संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन ९६६ जना निको भएका छन् भने १० जनाको निधन भएको पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ भने ४६ हजार २३३ जना निको भएको छन । त्यसैगरी ४११ जनाको निधन भएको छ । हालसम्म नेपालमा ९ लाख १४ हजार २९० नमुना परिक्षण गरिएको छ । त्यस्तै अहिले देशभर ७४५१ जना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ४७८ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा रहनेहरु नै हालका संक्रिय संक्रमितहरु हुन् ।
सम्बन्धित
प्रतिक्रिया