बिहीबार, मंसिर १६, २०७८

सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज ५ गते १६:२५

५ आश्विन, काठमाडौँ ।
सोमबार नेपालमा कोरोना भाइरसका ११५४ जना नया संक्रमित भेटिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १००५ जना निको भएका छन् भने १६ जनाको निधन भएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ भने ४७ हजार २३८ जना निको भएका छन् । त्यस्तै निधन हुनेहरुको संख्या ४२७ रहेको छ । अहिले देशभर ७४०३ जना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ६११ ज्ना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया