बिहीबार, मंसिर १६, २०७८

आईपीएल २०२० : रोयल च्यालेन्जर्स बैंगलोरको शानदार जित

ज्योतिन्यूज २०७७ असोज ६ गते ७:१०

६ आश्विन, काठमाडौँ । आईपीएल २०२० सिजनको आआफ्नो पहिलो खेलमा ‘रोयल च्यालेन्जर्स बैंगलोर’ ले ‘सनराइजर्स हैदराबाद’ विरुद्ध शानदार जित हासिल गरेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । यसका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाउनुभयो । यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाउनुभयो ।

विराट कोहली भने १३ बलमा १४ रन बनाउँदै आउट हुनुभयो । बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिनुभयो । यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो ।

१ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो । यसका लागि क्याप्टेन डेबिड वार्नरले मात्र ६ बलमा ६ रन बनाउन सक्नुभयो ।

हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाउनुभयो । त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाउनुभयो । प्रियम गर्गले १२ रन बनाउनुभयो भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सक्नुभएन । बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ ।

प्रतिक्रिया