आइतबार, फागुन १६, २०७७

पहिरोले पुर्दा गुल्मीमा २ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ असोज ६ गते १३:१४

अनिल खत्री, गुल्मी । पहिरोले पुर्दा गुल्मीमा २ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको हो । त्यसैगरी पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । उनीहरु हिडिरहेको अवस्थामा पहिरो खसेको कारण पुरिएर मृत्यु भएको जनाइएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । घाइते तिलकको सोमबार राति नै उद्धार गरिएको भएपनि दुई जनाको भने मंगलबार बिहान शव नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव फेला पारेको गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिनुभयो । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया