शनिबार, साउन १६, २०७८

सुनचाँदीको मूल्यमा भारी गिरावट

ज्योतिन्यूज २०७७ असोज ६ गते १३:१६

६ आश्विन, काठमाडौँ । मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७०० रुपैयाँले घटेको हो। यो सँगै आज प्रतितोला छापावाला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ तोकिएको छ । आइतबार सुनको भाउ स्थिर रहेको थियो। भने चाँदीको मूल्य घटेको थियो । सोमबार भने २ सय रुपैयाले मूल्य बढेको थियो । सोमबार प्रतितोला ९७ हजार २ सय मा कारोबार भएको थियो ।

गत शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ तोलामा सय रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार २२० रुपैयाँ कायम भएको छ। आइतवार चाँदी १३१५ रुपैयामा कारोबार भएको थियो । भने सोमबार १३२०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। विश्व महामारी कोरोनाभाइरसविरुद्धका खोपहरुको विकास हुने सम्भावना बढ्दै जानु र अधिकांश देशले व्यापार–व्यवसाय खोल्न थाल्नुले पनि सुनको भाउमा गिरावट आउन थालेको उनीहरुको भनाइ छ।

प्रतिक्रिया