शनिबार, असोज ३०, २०७८

मंगलबार १३५६ जनामा संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज ६ गते १६:२४

६ आश्विन, काठमाडौँ । मंगलबार  १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२३ जना गत २४ घण्टामा निको भई घर फिर्ता भएका छन् । त्यसैगरी यस अवधिमा २ जनाको कोेरोनाको कारण निधन भएको छ । हरेक दिन धेरै संख्यामा निधन भइरहेका घटना आएकामा गत २४ घण्टामा भने कम ब्यक्तिको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ भने निको हुनेहरुको संख्या ४८ हजार ६१ पुगेको छ । त्यस्तै निधनहुनेहरुको संख्या ४२९ पुगेको छ । यसैगरी हाल ७१७१ जना ब्यक्तिहरु क्वारेन्टीनमा रहेका छन भने १८ हजार १४२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया