बुधबार ११७२ जनामा कोरोना संक्रमण पुष्टि
ज्योतिन्यूज
२०७७ असोज ७ गते १६:२५
काठमाडौँ । बुधबार ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १८९३ जना निको भई घर फिर्ता भएका छन् । त्यसैगरी यो अवधिमा ७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यो सँगै देशमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ भने ४९ हजार ९५४ जना निको भई घर गएका छन् । त्यसैगरी निधन हुनेहरुको संख्या ४३६ पुगेको छ । अहिले देशमा ७१०४ जना क्वारेन्टीनमा रहेका छन् भने १७४१४ जना आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया