शुक्रबार, असार ११, २०७८

उपत्यकामा भेटिए ६३७ संक्रमित

ज्योतिन्यूज २०७७ असोज ७ गते १६:३५

काठमाडौँ । राजधानीका तीन जिल्लामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार काठमाडौँ जिल्लामा ४९२ , ललितपुरमा ५० तथा भक्तपुरमा ९५ जनामा कोरोना देखिएको हो । त्यसैगरी आज देशभर ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १८९३ जना निको भई घर फिर्ता भएका छन् । त्यसैगरी यो अवधिमा ७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

यो सँगै देशमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ भने ४९ हजार ९५४ जना निको भई घर गएका छन् । त्यसैगरी निधन हुनेहरुको संख्या ४३६ पुगेको छ । अहिले देशमा ७१०४ जना क्वारेन्टीनमा रहेका छन् भने १७४१४ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया