आइतबार, चैत २९, २०७७

२५ हजार सक्रिय संक्रमित भए लकडाउन हुने संकेत

ज्योतिन्यूज २०७७ असोज ७ गते १६:५५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भएको खण्डमा लकडाउन गर्नुपर्ने बताएकोे छ । हाल देशमा १७ हजार ४१४ जना सत्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भएको अवस्थामा अस्पतालबाट सेवा दिन सक्ने पूर्वाधार नभएकोे कारण बन्दाबन्दी गर्नुपर्ने स्थिती आउने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरु अझै एक महिना बन्द गर्न पनि सिफारिस गरिएको समेत जानकारी दिए । यस विषयले पनि नेपालमा संक्रमण बढ्दै गएको खण्डमा फेरी लकडाउन हुने सम्भावना देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङ्गमा सो जानकारी दिएको हो ।

प्रतिक्रिया