बिहीबार, असोज ७, २०७८

काठमाडौँमा ७५५ जनामा संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज ८ गते १६:३३

८ असोज, काठमाडौँ । गत २४ घण्टामा काठमाडौँ जिल्लामा ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपूरमा ५१ र ललितपूरमा ९५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी विहिबार नेपालमा १४९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४५७ जना निको भई घर गएका छन् भने १७ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने ५० हजार ४११ जना निको भएका छन् । यसैगरी निधन हुनेहरुको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया