शुक्रबार, वैशाख ३१, २०७८

५० हजार भन्दा धेरैले कोरोना जिते

ज्योतिन्यूज २०७७ असोज ८ गते १६:४३

८ असोज, काठमाडौँ ।
नेपालमा हालसम्म कोरोनाबाट निको हुने दर सन्तोषजनक रहेको छ । हालसम्म ५० हजार भन्दा बढी ब्यक्ति कोरोनाभाइरस जितेर सामान्य जीवनमा फर्किएका छन् ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार ४५७ जना निको भएसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । गत २४ घण्टामा काठमाडौँ जिल्लामा ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपूरमा ५१ र ललितपूरमा ९५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी विहिबार नेपालमा १४९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १७ जनाको निधन भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने निधन हुनेहरुको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया