बिहीबार, साउन १४, २०७८

समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

ज्योतिन्यूज २०७७ असोज ८ गते २३:०२

तेह्रथुम, ८ असोज ।
आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आफुले भने आत्महत्या गरेका छन् । बिहान १०:०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २:०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उहाँकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ ७:३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताउनुभयो ।

प्रतिक्रिया