बुधबार, असार ९, २०७८

शुक्रवार बढ्यो सुनको मूल्य, तोलाको कति ?

ज्योतिन्यूज २०७७ असोज ९ गते १०:५८

९ असोज, काठमाडौँ । शुक्रवार सुन तथा चाँदीको मूल्य बढेको छ । लगातार दिन दिन सम्म गिरावट आएको सुनको मूल्य आज ८ सय रुपैयाले बढेको हो । यो सँगै छापावाल सुन ९३ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १७०० रुपैयाँले घटेको सुनको मुल्य बुधबार पनि १२ सय रुपैयाले कमी आएको थियो । भने विहिबार सुनको मूल्य १२ सय रुपैयाले घटेको थियो।

तीन दिनमा सुनको मूल्य तोलामा ४१ सयले घटेको थियो। विहिबार छापावाल सुन ९३ हजार १ सयमा कारोबार भएकोे थियो भने तेजावी सुन ९२ हजार ६ सयमा कारोबार भएकोे थियो ।बुधबार छापावाला सुन ९४ हजार ३ सय तथा तेजाबी सुन ९३ हजार ८ सयमा कारोबार भयो भने मँगलबार प्रतितोला छापावाला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ तोकिएको थियो । आइतबार सुनको भाउ स्थिर रहेको थियो। भने चाँदीको मूल्य घटेको थियो । सोमबार भने २ सय रुपैयाले मूल्य बढेको थियो । सोमबार प्रतितोला ९७ हजार २ सय मा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ। विहिबार प्रतितोला १ हजार १२० रुपैयामा कारोबार भएको चाँदी आज ११६० रुपैया तोकिएको छ । बुधबार १ हजार १९० रुपैयाँ कायम भएको थियो। मंगलबार १ हजार २२० रुपैयाँ कायम भएको थियो। आइतवार चाँदी १३१५ रुपैयामा कारोबार भएको थियो । सोमबार १३२०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। विश्व महामारी कोरोनाभाइरसविरुद्धका खोपहरुको विकास हुने सम्भावना बढ्दै जानु र अधिकांश देशले व्यापार–व्यवसाय खोल्न थाल्नुले पनि सुनको भाउमा तलमाथि भएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया