सार्क राष्ट्रहरूको परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न
एजेन्सी ।
बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं बैठकमा जम्मू कश्मीर र आतंकवादको बारेमा भारत र पाकिस्तानबीच विवाद भएको छ ।
दुबै देशले एक अर्काको नाम स्पष्ट रूपमा उल्लेख गरेनन्, तर पनि अप्रत्यक्ष रूपमा आ–आफ्नो कुरा राखे ।
सार्क देशका विदेश मन्त्रीहरूको यो वार्षिक अनौपचारिक बैठक भर्चुअल थियो । बैठकमा भारतका विदेश मन्त्री एस. जयशंकरले अप्रत्यक्ष रूपमा पाकिस्तानलाई निशाना बनाएका थिए ।
बैठकमा भारतका विदेश मन्त्री एस जयशंकरले सार्कका सबै सदस्य राष्ट्रहरूलाई भने, “उनीहरूको आतंकवादलाई सघाउने र आतंकवादको पोषण, समर्थन र संवर्धन गर्ने शक्तिलाई परास्त गर्नकालागि सामूहिक रूपमा प्रतिबद्ध हुनुपर्दछ, यसले दक्षिण एशियामा सामूहिक सहयोग र समृद्धिको सार्कको उद्देश्यलाई बाधा पुर्याउँछ ।” यद्यपि एस जयशंकरले पाकिस्तानको नाम भने लिएनन् ।
त्यस्तै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले सार्क मञ्चबाट लामो समयदेखि चलिरहेको विवादहरूको समाधानका बारे विस्तृत विवरण दिए । यद्यपि उनले यसमा जम्मू कश्मीरको स्पष्ट नाम भनेन तर अप्रत्यक्ष रूपमा उनको भनाइ जम्मू कश्मीरबाट धारा ३७० हटाउनु पर्ने कुरातर्फ इंगित थियो ।
विदेश मन्त्री कुरेशीले, भने “हामीले विवादित क्षेत्रहरुमा एकपक्षीय / अवैधानिक रुपमा यथास्थिति परिवर्तन गर्ने प्रयासको निन्दा र विरोध गर्नुपर्दछ, जसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लंघन गर्दछ ।”
कुरेशीले यस अवधिमा लामो समयदेखि चलिरहेको विवादका कारण मानिसहरुको मानवअधिकारको योजनावद्द उल्लंघन भएको पनि उल्लेख गरे ।
यस बैठकको अध्यक्षता नेपालले गरेको थियो भने उक्त बैठकमा सबै सार्क राष्ट्रः अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका परराष्ट्र मन्त्रीहरू सहभागी भएका थिए ।
यद्यपि सबै सार्क राष्ट्रहरूले यस बैठकमा कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सार्क दक्षिण एसियाका सात राष्ट्रहरूको संगठन हो । ८ डिसेम्बर १९८५ मा गठन गरिएको यस संस्थाको उद्देश्य आपसी सहयोगबाट दक्षिण एशियामा शान्ति र प्रगति हासिल गर्ने रहेके छ ।
- विविसी
प्रतिक्रिया