शनिवार थपिए १२०७ संक्रमित
ज्योतिन्यूज
२०७७ असोज १० गते १६:२३
काठमाडौँ १० असोज ।
शनिवार १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ११४७ जना निको भएका छन् । भने ८ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा कोेरोना संक्रमितहरुको संख्या ७१ हजार ८२१ पुगेको छ । भने निको हुनेहरुको संख्या ५३ हजार १३ पुगेको छ । भने निधन हुनेहरुको संख्या ४६७ पुगेको छ । हाल देशभर ६३३१ जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा रहनेहरुको संख्या १८ हजार ३४१ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया