मंगलबार, असार ८, २०७८

काठमाडौँ उपत्यकामा ७२४ जना संक्रमित फेला

ज्योतिन्यूज २०७७ असोज १० गते १६:३०

काठमाडौँ १० असोज ।
काठमाडौँ उपत्यकामा ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ५८३ जना, ललितपुरमा ७८ जना तथा भक्तपुरमा ६३ जनामा कोरोना संक्रमित फेला परेका हुन् । नेपालमा देखिएका कुल संक्रमितको करिब ६० प्रतिशत संख्या काठमाडौँमा देखिएका छन् । शनिवार १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ११४७ जना निको भएका छन् । भने ८ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा कोेरोना संक्रमितहरुको संख्या ७१ हजार ८२१ पुगेको छ । भने निको हुनेहरुको संख्या ५३ हजार १३ पुगेको छ । भने निधन हुनेहरुको संख्या ४६७ पुगेको छ । हाल देशभर ६३३१ जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा रहनेहरुको संख्या १८ हजार ३४१ रहेको छ ।

प्रतिक्रिया