शुक्रबार, असार ११, २०७८

विभिन्नस्थानमा अवैध लागूऔषध करोवारी पक्राउ

ज्योतिन्यूज २०७७ असोज १० गते १८:३५

काठमाडौं, १० असोज  ।

काठमाडौं महानगरपालिका-२६ गोंगबु शिवमन्दिर नजिकबाट नियन्त्रित लागूऔषध २५ एम्पुल डाईजेपाम, २६ एम्पुल फेनारेगन र २६ एम्पुल नुर्फिन सहित काठमाडौं सामाखुसी बस्ने तनहुँ खैरनीटार नगरपालिका-७ घर भएका ३२ वर्षीय  मनोज गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध सेवन तथा बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ शान्ती बनबाटिका डेरा गरी चितवन भरतपुर महानगरपालिका-९ घर भएका २८ वर्षीय दिनेश गुरुङलाई करिब ८ सय ५५ ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-९ स्थित सिमराहा बोर्डरबाट नियन्त्रित लागूऔषध २ सय ९६ पिस डाइलेक्स डिसी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देउरीबाट गस्तीमा खटिएको प्रहरीले खेतको आलीमा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राह चोकबाट करिब ५ किलो अवैध लागूऔषध अफिम जस्तो वस्तु सहित २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा साबिक थवाङ गाबिस-५ बस्ने ४६ वर्षीय कर्म कुमार बुढा र उनकै श्रीमती ४६ वर्षीया राजकुमारी रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरुलाई जाँच गर्दा उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया