मंगलबार, असार ८, २०७८

विराटनगरमा झापाका कोरोना संक्रमितको मृत्यु

ज्योतिन्यूज २०७७ असोज ११ गते ८:३२

विराटनगर, ११ असोज । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ। झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको शनिबार राति १०स्४५ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो।

शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाबको पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो। उनका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रतिक्रिया