मंगलबार, कार्तिक ९, २०७८

भाजपालाई धक्का शिवसेना पछि अकाली दल पनि सरकारबाट अलग

ज्योतिन्यूज २०७७ असोज ११ गते ९:५३

कृषि विधेयकको विपक्षमा अकाली दल,किसन आन्दोलनले गठबन्धन घटक पछि हट्न बाध्य 

केन्द्रीय सरकारको कृषि विधेयकको विरोध गर्ने शिरोमणि अकाली दलले अब एनडीएबाट अलग हुने घोषणा गरेको छ । नौ  दिन अघि केन्द्र सरकारका मन्त्री हरसिमरत कौरले पनि पदबाट राजीनामा दिइसकेका  छन् ।अकाली दल भाजपाको पुरानो सहयोगी दल हो र यो दल लामो समयदेखि एनडीएमा अवद्द थियो ।

शनिबार बसेको शिरोमणि अकाली दलको कोर समितिको बैठकमा सर्वसम्मतिले एनडीएबाट अलग हुने निर्णय गरेको हो ।शिरोमणि अकाली दलका नेता सुखबीर बडालले ट्वीटमा भनेका छन कि पार्टीले अक्टोबर १ मा पंजाबमा ठूलो किसान पदयात्रा गर्नेछ र राष्ट्रपतिको नाममा राज्यपाललाई ज्ञापन बुझाउनेछ ।

सुखबीर बादलले एनडीएबाट एसएडीको बिच्छेदको बारेमा जानकारी दिँदै पार्टीको कोर कमिटीले सर्वसम्मतिले निर्णय लिएको बताए ।बादलले भने, “यो अध्यादेश मन्त्रिपरिषद् ल्याउदा नै  हरसिमरत कौर बादलले केन्द्रीय मंत्रीको रूपमा धेरै पटक किसानहरूको भावनाका आधारमा बिल बदल्न आग्रह गरेका थिए, तर त्यसको सुनुवाइ भएन ।”

यसैबीच, पंजाबका मुख्यमंत्री र कांग्रेस पार्टीका नेता क्याप्टेन अमरिंदर सिंहले भनेका छन् कि बादल परिवारसँग एनडीएबाट अलग हुनुबाहेक अर्को विकल्प थिएन । उनले भने, ‘अकाली दलको एनडीएबाट अलग हुनुमा कुनै नैतिकता छैन, भाजपा नेताहरूले कृषि अध्यादेशका बारेमा किसानहरूलाई विश्वस्त पार्न नसकेको आरोप लगाए पछि एनडीए छोड्नुबाहेक उनीहरूसँग अर्को विकल्प थिएन ।

–विविसी

 

प्रतिक्रिया