सोमबार, असोज ४, २०७८

आइतवार थपिए १५७३ संक्रमित

ज्योतिन्यूज २०७७ असोज ११ गते १६:२५

११ असोज, काठमाडौँ ।
आइतवार १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वितेको २४ घण्टामा ८८५ जना निको भइ घर गएका छन् । त्यसैगरी १० जनाको यस अवधिमा मृत्यु भएको छ ।
यो सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७३ हजार ३९४ पुगेको छ भने निको हुनेहरुको संख्या ५३ हजार ८९८ पुगेको छ । त्यसैगरी यस रोगबाट हालसम्म ४७७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया