मंगलबार, मंसिर २१, २०७८

काठमाडौँमा मात्रै थपिए ८०९ संक्रमित

ज्योतिन्यूज २०७७ असोज ११ गते १६:२९

११ असोज, काठमाडौँ ।
आइतवार काठमाडौँ जिल्लामा ६३३ जनामा कोरोना संक्रमण देखिएको छ । ललितपुरमा १०४ जना तथा भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ । तीन जिल्लामा गरी ८०९ जनामा कोरोना देखिएको हो । यसैगरी देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वितेको २४ घण्टामा ८८५ जना निको भइ घर गएका छन् । त्यसैगरी १० जनाको यस अवधिमा मृत्यु भएको छ ।
यो सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७३ हजार ३९४ पुगेको छ भने निको हुनेहरुको संख्या ५३ हजार ८९८ पुगेको छ । त्यसैगरी यस रोगबाट हालसम्म ४७७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया